कमलासहितका नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

everest kitchen

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान बिभागले सिन्धुली जिल्लाको मारीन कुसुमतार, सिन्घुली मादी र रानीचुरी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिभागले सो क्षेत्रमा हाल मध्यम वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना भएकाले सो क्षेत्र भई बहने कमला नदी, रतु, छदहा, द्रिगा खोला लगायत अन्य स-साना खोलामा बहाव केही बढ्न सक्ने जोखिम रहेकाले तटिय क्षेत्रमा हुनेहरूले सतर्कता अपनाउन आग्रह गरेको छ ।