क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो चेल्सी

everest kitchen

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा चेल्सी क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २५औं मिनेटमा निकोलस ज्याक्सनको गोलमा अग्रता लिएको चेल्सी खेलको ५३औं मिनेटमा क्रिस्टल प्यालेसका इबेरेची एजेले गोल गरेपछि बराबरीमा रोकिएको हो ।

यो बराबरीपछि चेल्सीको ३ खेलमा ४ अंक भएको छ भने क्रिस्टल प्यालेसले भने ३ खेलमा पहिलो अंक हासिल गरेको छ ।