एनआरएनए मलेसियाले तीज कार्यक्रम गर्ने

everest kitchen

एनआरएनए मलेसिया शाखाले हरितालिका तीज कार्यक्रम आयोजना गर्ने भएको छ ।
यहि सेप्टेम्बर ८ तारिख कार्यक्रम गर्ने तय भएको कार्यक्रमकी संयोजक तथा एनआरएनए मलेसियाकी महिला संयोजक इन्दू बस्नेतले जानकारी गराएकि हुन ।
एनआरएनए मलेसियाले बिगतका बर्षहरुमा पनि हरितालिका तिजलाई भब्य रुपमा मनाउदै आएको छ । यसपालीको तीज कार्यक्रमको स्थान भने नेपाल राजदुतावास मलेसियाको छेवैको भवनमा गरिने भएको छ ।
कार्यक्रममा नेपाली चेलीहरु लगायतका पाहुनाहरुको उपस्थिति बीचमा नेपाली कलासांस्कृति तथा नाचगानको प्रस्तुति रहने तथा नेपाली परिकारहरुको पनि ब्यवस्था गरिएको कार्यक्रम संयोजक इन्दू बस्नेतले जानकारी गराएकि छिन् ।
नेपाल राजदुतावासकी कार्यवाहक राजदूत मूदिता बज्राचार्यलाई कार्यक्रमको प्रमूख अतिथिको निम्तो दिदै संयोजक बस्नेतले सम्पूर्ण नेपालीजनमा कार्यक्रममा उपस्थित भएर तीज मनाउन अनुरोध गरेकि छिन् ।