– कल्पना वस्याल
जब मानिसहरू प्रतिस्पर्धामा थिएँ
एकपछि अर्को गगनचुम्बी घरहरू बनाउन
प्रकृतिले बैसाख २५ को भुकम्प निम्त्यायो
सिकाउन…
माथि तिमी जति जाउ, मेरो सानो कम्पले
तिमीहरूलाई क्षण भरमै जमिनमा नै ल्याउन सक्छु
घरबेटीहरु जसलाई लाग्थ्यो
भुइँ तलामा बस्ने र आफ्नो स्तर फरक हो
केही समयकै लागि सहि उनीहरू पनि भुईमा झरेर
त्रिपाल मुनि बस्ने भए ।
मेरो ज्ञान र बुद्धिमत्ताले
म जे पनि गर्न सक्छु..
भन्दै तेज रफ्तारमा कुदेका मानिस जातिलाई
एक अदृश्य किटाणु कोरोनाले
आफ्नै घरको कैदी बनाई दियो ॥
मान्छेले खोलालाई साँघुराउदै यसका किनारलाई आफ्नो स्वामित्व दाबी गरे
तब हिजोसम्म गनाउने ढल मिसिएको पानी बग्ने खोलाहरूको सहनशिलता बाध फुट्यो
यसले आफ्नो वास्तविक सिमा देखाउन
शहर र मान्छेका घर भित्र सम्म गर्जनका साथ पुग्यो ॥
ए मानव जाति
प्रकृतिले फेरी पनि ठूलो स्वरले गर्जदै भन्दै छ
मलाई बचाउ! अनि तिमी पनि बाच्ने छौ !!