मलेसियामा थारु समूदायको जीतिया पर्व सम्पन्न

everest kitchen

थारु कल्याणकारीणी सभा मलेसियाले जीतिया पर्व सम्पन्न गरेको छ ।
मलेसियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल राजदुतावासका प्रतिनिधि लगायत थारु समूदायहरुको उल्लेखनिय उपस्थिति रहेको सो कार्यक्रम मलेसियामा प्रथम पटक मनाउन लागिएको आयोजकले जानकारी गराए ।
कार्यक्रममा थारु समूदायको नाचगानका साथै थारु समुदायले खाने परिकारहरुको पनि ब्यवस्था गरिएको थियो ।
नेपाल राजदुतावासकी कार्यवाहक राजदूत मूदिता बज्राचार्यले कार्यक्रमको प्रमूख अतिथिको रुपमा कार्यक्रममा सहभागि हुन पाएकोमा खुशि ब्यक्त गर्दै । प्रवासको ठाउमा संस्कार, संस्कृति जगेर्ना गरेकोमा आयोजक प्रति आभार ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा विशेष अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राईले शूभकामना मन्तब्य ब्यक्त गर्दै नेपाल नक्सामा भौगोलिक रुपमा सानो भएपनि कला र संस्कृतिमा विशाल रहेको बताउदै आदिवासी समुदाय लगायतले मलेसियामा मनाउने चाडबाडले सबै नेपालीमा रौनकको माहोल बनाउने बताए ।