सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि

everest kitchen

काठमाडौँ । हमासका एक वरिष्ठ सदस्यले आफ्नो समूहका नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेका छन् ।

एक भिडियो सन्देशमा, हमासका उपनेता खलील अल-हयाले उनको समूह प्यालेस्टिनी जनताको महत्वाकांक्षा पूरा गर्न आफ्नो मार्गमा जारी रहने बताउदै सिनवारको मृत्युले हमासलाई बलियो बनाउने बताएका हुन् ।

उनले इजरायलबाट गत वर्ष अक्टोबर ७ मा बन्धक बनाएका मानिसहरूलाई गाजामा इजरायली कारबाही समाप्त नभएसम्म र गाजा पट्टीबाट आफ्ना सेनाहरू पूर्ण रूपमा फिर्ता नगरेसम्म रिहा नगरिने बताएका छन् ।

सिनवारपछि अल-हया हमासका सबैभन्दा वरिष्ठ नेता हुन् । इजरायली सेनाले गाजामा उपस्थित हमास नेता याह्या सिनवार मारिएको बताएको थियो ।

इजरायलले गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको मुख्य षड्यन्त्रकारी सिनवारलाई भन्दै आएको छ । इजरायली सेनाका अनुसार दक्षिणी गाजामा कार्यरत सैनिकहरूले सिनवारलाई भवनभित्र मारेका थिए ।