मलेसियाले आगामी फेब्रुअरीदेखि न्यूनतम पारिश्रमिक एक हजार सात सय पु¥याउने

everest kitchen

क्वालालम्पुर । मलेसिया सरकारले आगामी फेब्रुअरीदेखि न्यूनतम पारिश्रमिक एक हजार सात सय पु¥याउने भएको छ । मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले सन् २०२५ को फेब्रुअरी १ देखि लागू हुने गरी मलेसियासरकारले न्यूनतम ज्याला १५ सय आरएमबाट बढाएर १ हजार ७ सय पु¥याउने घोषणा गरेका छन् ।

सन् २०२५ को बजेट प्रस्तुत गर्दै अनवरले पाँच जनाभन्दा कम कर्मचारी भएका साना रोजगारदातालाई ग्रेस पिरियड दिने घोषणा गरेका छन । अर्थमन्त्रीसमेत रहेका अनवरले मानव संशाधन मन्त्रालयले प्रमुख पेशाका लागि तलब सम्बन्धी नयाँ निर्देशिका जारी गर्ने बताए ।

मलेसिया सरकारले औद्योगिक र उत्पादन प्राविधिकहरूको लागि आरएम २२९०, मेकानिकल ईन्जिनियरहरूको लागि आरएम ३३८०, र पेशेवर रचनात्मक सामग्री डिजाइनरहरूको लागि आरएम २९८५ न्यूनतम ज्याला पु¥याउने बताएको छ ।

साथै, मलेसियाका प्रधानमन्त्रीले जुनमा प्रारम्भिक कार्यक्रमको रूपमा ल्याइएका प्रगतिशील ज्याला नीतिलाई ५०,००० कामदारलाई फाइदा पु¥याउने उद्देश्यले आरएम २० करोड विनियोजन गर्दै अर्को वर्ष पूर्णरुपमा कार्यान्वयन गरिने बताए ।

अनवरले चरम गरिबी विरुद्ध लड्न पीपुल्स इनकम इनिसिएटिभ (आईपीआर) लाई २५० मिलियन छुट्याउने घोषणा पनि गरे।

‘आगामी वर्ष, २५० मिलियन अत्यन्तै गरिब समूहका व्यक्तिहरूलाई उनीहरूको आय सुधार गर्न आईपीआर कार्यक्रममा सहभागिता बढाउन समर्पित गरिनेछ,’ उनले भने।