जापानी कार निर्माता कम्पनी निसानले ९ हजार कर्मचारी हटाउने

everest kitchen

काठमाडौँ । जापानी कार निर्माता कम्पनी निसानले ठुलो संख्यामा कर्मचारी कटौतीको घोषणा गरेको छ । कटौतीको यो नयाँ घोषणा अन्तर्गत करिब ९ हजार कर्मचारीले जागिर गुमाउने छन् ।

विश्वव्यापी उत्पादन समस्या र चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ ।

जापानी कार निर्माण कम्पनीले करिब ९ हजार कर्मचारीलाई निकाल्ने बताएको छ । विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको छ ।

निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाले भने, ‘यी परिवर्तनहरूले कम्पनी आफैं संकुचित हुँदैछ भन्ने होइन । निसानले पनि आफ्नो व्यवसाय बढाउन र यसलाई थप लचिलो बनाउनको लागि पुनर्संरचना सुरु गर्नेछ ।’