कुमारी बैंकको सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा

everest kitchen

काठमाडौं, मंसिर ०६ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममासेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बिहिबार (आज) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।