काठमाडौं । लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा लुम्बिनी लामो रन लक्ष्य प्रस्तुत गरेको हो ।
कप्तान रोहित पौडेल र टम मूर्सको शतकीय साझेदारीप्रेरित जारी खेलमा रोमाञ्चक भिडन्त भएको थियो । टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १७० रनको योगफल तयार पार्न सफल भएको हो ।
सो खेलमा पौडेल र मूर्सले चौथो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए । रोहितले ५९ बलमा १० चौका र चार छक्कासहित ९५ रनको पारी खेल्दा मूर्स अर्धशतकबाट पाँच रनले मात्रै चुकेका थिए ।
यसबाहेक चौथो नम्बरका ब्याटर सन्दीप जोराले १८ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन ।