साना किसान विकास लघुवित्तको एजीएम आज

everest kitchen

काठमाडौं, पौष २३ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आज मंगलबार वार्षिक साधारण सभा बस्दैछ । सभामा संस्थाले सेयरलाई १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते  बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान १० बजेबाट सुरु हुनेछ ।