भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने

everest kitchen

काठमाडौं, २८ पुस । असमका पूर्व विकेट किपर देवजित सैकिया भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ सचिवमा निर्वाचित भएका छन्।

 

गत डिसेम्बर १ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्षमा नियुक्त भएपछि जय शाहले उक्त पद छाडे पछि सैकियाले त्यसको कार्यबहाककाे जिम्मेवारी सम्हाल्दै आएका थिए, हाल उनले पुर्ण जिम्मेवारी पाएका हुन ।

 

असमका देवजित सैकियाले क्रिकेट, कानून र प्रशासनलाई समेट्ने विविध पृष्ठभूमिमा काम गरिसकेका छन भने एक पूर्व प्रथम श्रेणी क्रिकेटर, साइकियाले विकेट किपरको रूपमा १९९० र १९९१ बीचमा चार खेल खेलेका थिए । उनले ५३ रन बनाएर नौ विकेट लिएका थिए ।

 

तर, २८ वर्षको उमेरमा कानुनी अभ्यासमा लागेका थिए, जसले गुवाहाटी उच्च अदालतमा वकिलको रूपमा लामो समयसम्म काम गरेका थिए ।

तर, २०१६ मा सैकियाले असम क्रिकेट संघका ६ जना उपाध्यक्ष मध्ये एकको रूपमा क्रिकेट प्रशासनमा प्रवेश गरेका थिए, जो अहिले असमका मुख्यमन्त्री छन्। उनी पछि २०२९ मा असम क्रिकेट संघका सचिव भएका थिए ।