काठमाडौं, ४ माघ । संघीय संसदका विपक्षी दलहरूले सहमति जुटाएका छन् ।
नेकपा माओवादी केन्द्रका बर्षमान पुन र नेकपा एसका बेदुराम भुषालले तयार पारेको ड्राफ्ट फाइनल भए पछि पत्रकार सम्मेलनका आयोजना गर्दैछन् ।
पत्रकार सम्मेलन अहिले केही बेरमा ३ः०० बजे बानेश्वरस्थित संसद भवनमा सुरू हुदैँछ ।
खासमा हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भए पछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो ।
गत बुधवार बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै हिजो पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएका थिए । तर, अन्तिम समयमा स्थगित भए पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजो चितवन, माडी पुगेका थिए ।
अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।