थाइल्याण्डमा आज सयौं समलिङ्गीको सामुहिक बिबाह, नेपाल र ताईवान पछि थाईल्याण्ड तेस्रो

everest kitchen

बैंकक, १० माघ । थाइल्याण्डमा सयौं समलिङ्गी जोडीहरू विवाह बन्धनमा बाँधिएका छन ।

 

समलिङ्गी विवाह समानतालाई मान्यता दिने दक्षिणपूर्वी एसियाकै पहिलो देश थाइल्याण्डमा सयौं जोडी एकैपटक बिबाह बन्धनमा बाधिन लागेका हुन् । यसअघि एसियाली देशमा नेपाल र ताईवानले मात्र समलिङ्गी बिबाहलाई सरकारी मान्यता दिएका थिए।

 

एलजिबिटी समुदायको लागि एक महत्त्वपूर्ण दिनको रूपमा लिइएको छ, जसले विषमलिङ्गी जोडीहरूको समान विवाह अधिकारको लागि एक दशकभन्दा बढी समय देखि लडिरहेको थियो ।

 

‘यो संसारको लागि एक नमूना हुन सक्छ किनभने हामीसँग अब थाइल्याण्ड एक मोडेलको रूपमा छ र यो ढुक्कले हामी पनि भन्न सक्छौं कि थाइल्याण्डमा साँचो वैवाहिक समानता छ,”थाइल्याण्डको रेन्बो स्काई एसोसिएसनका अध्यक्ष किटिनुन दारामधजले भनिन । उनी लामो समय देखी समलिङ्गी बिबाह समानताको लागि अभियान चलाउने धेरै मध्ये एक नेतृत्वकर्ता हुन् ।

 

थाइल्यान्डको संसदले पारित गरेको र गत वर्ष राजाद्वारा अनुमोदित कानून अन्तर्गत समलिङ्गी जोडीहरूले पूर्ण कानुनी, आर्थिक र चिकित्सा अधिकारका साथै धर्मपुत्र र पैतृक अधिकारका साथ आफ्नो विवाह दर्ता गर्न सक्ने अधिकार दिईएक‍ो थियो ।

 

प्रधानमन्त्री पातोङ्गटार्न सिनावात्राले गत हप्ता एक कार्यक्रममा देशको सफलताको प्रशंसा गरे, जब उनले दर्जनौं एलजिबिटी जोडी र त्यसका लागि लडिरहेका सामाजिक कार्यकर्ताहरूलाई सरकारी कार्यालयहरूमा आमन्त्रित गरेका थिए ।

 

‘यसले देखाउँछ कि थाइल्याण्ड विविधतालाई अँगाल्न र यसको सबै रूपहरूमा प्रेम स्वीकार गर्न तयार छ। आज हाम्रो देश खुला र स्वीकार्य छ भन्ने देखाउँछ,’ उनले भनिन्।

 

बिहीबार देशका अन्य भागहरूमा पूर्वी तटीय शहर पटायादेखि पहाडी उत्तरी सहर चियाङ माईसम्म सो सामुहिक उत्सव मनाइने भएको छ, जो सो समुदायले खुसी ब्यक्त गरेको छ । सामुहिक बिबाहका लागि अन्य देशवाट पनि जोडीहरू आएको बताईएको छ।

 

डाउनटाउन बैंककमा, कम्तिमा दुइ सय जोडीहरूले एक लोकप्रिय शपिंग मलमा सामूहिक विवाहमा विवाह गर्न साइन अप गरेका छन् । बैंकक प्राइडका अनुसार जसले स्थानीय अधिकारीहरूसँग कार्यक्रमको आयोजना गरेको थियो। इंद्र धनुष झण्डाहरू बैंककको मुटुमा लहरिने अपेक्षा गरिएको छ, नवविवाहित जोडीलाई स्वागत गर्नको लागि उत्सवमा रातो कार्पेट बिछ्याइने छ, जहाँ सेलिब्रेटीहरू र ड्र्याग क्वीन्सले प्रदर्शनसमेत गर्नेछन् ।