पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर

everest kitchen

लन्डन, ११ माघ । चिकित्सा विज्ञान निरन्तर अगाडि बढिरहेको छ। हरेक दिन हामी नयाँ विकल्पहरू प्राप्त गरिरहन्छौं, जसले मानिसहरूलाई राम्रो तरिकाले उपचार गर्न मद्दत गर्दछ। यसै सन्दर्भमा बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् ।

 

बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । यो अनौठो र आधुनिक प्रक्रिया लीड्स टिचिङ हस्पिटल एनएचएस ट्रस्टका शल्यचिकित्सकहरूद्वारा गरिएको थियो, जुन तीन घण्टामा पूरा भएको थियो।

 

हामी तपाईलाई बताउछौं कि यो शल्यक्रिया चिकित्सा जगतमा एक ठूलो कदम हो, किनभने यो प्रविधिको साथ ती ठाउँहरूमा ट्युमरको उपचार गरिन्छ जुन पहिले असम्भव वा अत्यन्त जोखिमपूर्ण मानिन्थ्यो। यो शल्यक्रिया गरिएको बिरामीको नाम रुभिम्बो काभिया हो र उनको उमेर ४० वर्ष रहेको छ ।

 

काभिया बेलायतमा यो शल्यक्रिया गरिएको पहिलो बिरामी बनिन्। डाक्टरहरूले उनको मस्तिष्कको पछाडि पट्टि रहेको केभर्नस साइनसबाट ट्युमर निकालेका हुन ।पहिले, यस प्रकारको ट्युमरको उपचार गर्न धेरै गाह्रो थियो। प्रायः यस अवस्थामा मष्तिष्कको भाग हटाउनेजस्ता जटिल र जोखिमपूर्ण शल्यक्रिया गरिन्छ। जसका कारण बिरामीलाई सकस वा अन्य गम्भीर समस्या हुने खतरा थियो।

 

शल्यक्रिया गर्नु अघि मेडिकल टोलीले काभियाको टाउकोको थ्रीडी मोडल प्रयोग गरेर अभ्यास गरेको थियो। यसका साथै शव प्रयोगशालामा पटकपटक यो प्रक्रिया दोहोराएर सुधार गर्ने प्रयास गरिएको थियो । यो तयारीले अपरेसनलाई पूर्ण रुपमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

 

सन २०२३ मा काभियालाई मेनिन्जियोमा (ब्रेन ट्युमरको एक प्रकार) को निदान गरिएको थियो। जसका कारण उनलाई कडा टाउको दुख्न थाल्यो । दोस्रो ट्युमर पनि अक्टोबर २०२३ मा भेटिएको थियो। स्पेनमा विज्ञहरूसँग लामो छलफल र परामर्शपछि उनलाई शल्यक्रिया गर्न सुझाव दिइएको थियो । सो सुझाव अनुसार यो शल्यक्रिया गरेको हो ।