‘एक्टर : टेक वान’को नेपालसंगै जापानमा पनि प्रदर्शन हुदै 

everest kitchen

विपेन उलङगे /क्योतो । प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी स्टार एक्सन-थ्रिलर फिल्म ‘एक्टर : टेक वान’ को जापानमा पनि प्रदर्शन हुने भएको छ । माघ १८ अर्थात जनवरी ३१ देखि नेपालमा प्रदर्शन भईरहेको उक्त चलचित्र जापानको क्योतो लगायत विभिन्न राज्यमा पनि प्रदर्शन हुन लागेको हो ।

चलचित्र ‘एक्टर: टेव वान’ र ‘एक्टर’ बिचको विवादले माघ १६ मा प्रदर्शन हुन लागेको चलचित्र विवादपछि प्रदर्शन रोकिएको थियोे । विवाद मिलेपछि चलचित्र  ‘एक्टर: टेव वान”  माघ १८ बाट प्रदर्शनमा आएको हो  ।

 बिहिबार मध्यान्न दुबै चलचित्रका निर्माता आपसमा बसेर नाम सम्बन्धि समस्यालाई सुल्झाएसंगै चलचित्र “एक्टर टेक वान” फेब्रुअरी ९ तारिखका दिन जापानको क्योतो सहर स्थित ” Kyoto International Community House (Kokoka) मा प्रदर्शन हुन लागेको क्योतो राज्य वितरक नरेश ओलिले जानकारी दिए । ओलीका अनुसार चलचित्रको नेपाली समुदायबाट माग भएपछि प्रदर्शन गर्न लागिएको हो  । साथै चलचित्र हेर्नको लागि अग्रिम टिकेट बुकिङ खुला गरिएकोले बेलैमा टिकट सुरक्षित गर्न उनले आग्रहसमेत गरे ।

चलचित्रलाई जापानको लागि सचिन आचार्यले वितरण गरिरहेका छन् । दुइहप्ता अघि सार्वजनिक भएको फिल्मको तीन मिनेट रनटाइमको ट्रेलरलाई अहिलेसम्म ३६ लाख बढी पटक हेरिएको छ, भने ट्रेलरले राम्रो प्रतिक्रियासमेत पाएको छ । यद्यपि चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएपनि चलचित्रको व्यापार बारे थाहा हुन केही दिन लाग्ने बताएको छ । निर्माण पक्षका अनुसार चलचित्रले राम्रो रिभ्यु पाईरहेको छ

थमन भण्डारीले निर्माण गरेको उक्त चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् । फिल्ममा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझीसहित सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनोज पाण्डेय, बादल भट्ट लगायतको पनि अभिनय छ

निर्देशक भुसालसँग मिलेर आकाश बरालले पटकथा लेखेका हुन् ।