मुम्बई, १९ माघ । वर्षको सबैभन्दा ठूलो समाचार मध्ये एक सार्बजनिक भएको छ ।
बलिउड ।निर्देशक प्रियदर्शन आधिकारिक रूपमा प्रतिष्ठित कमिक क्यापर गरेको ‘हेराफेरी’ फ्रान्चाइजीको तेस्रो किस्ता निर्देशन गर्ने भएका छन ।
उनले मूल हेराफेरी २००१ निर्देशित गरेका थिए भने फेरी उनी यसको तेस्रो भागमा जोडिएका छन् ।
हेराफेरीः ३ को लामो समयदेखि माग भइरहेको चलचित्र हो, जसको गत वर्ष सिक्बेल आउने अनौपचारिक रूपमा पुष्टि भएको थियो । तर, यो निकै चर्चित फिल्म कसले निर्देशन गर्ने भन्नेबारे कुनै स्पष्टता थिएन। खैर, यो ज्वलन्त प्रश्नको अन्ततः जवाफ भयो– प्रियदर्शन, जो हाल अक्षय कुमारको ‘भूत बंगला’ निर्देशन गरिरहेका छन् । अहिले, उनले हेराफेरीः३ को नेतृत्व गर्ने जानकारी दिएका हुन् ।
जनवरी ३० मा अक्षयले फिल्म निर्मातालाई उनको जन्मदिनको शुभकामना दिएका थिए भने प्रतिक्रियामा, प्रियदर्शनले अक्षयलाई धन्यवादसमेत फर्काएका थिए ।
उनले भने कि उनी हेराफेरी क्लासिकको अर्को अध्याय निर्देशन गर्न इच्छुक थिए । उनले अक्षय, सुनील शेट्टी र परेश रावललाइ टयाग गरेका छन ।
‘अक्षय र अन्य हेराफेरीका स्टारहरू फिल्म निर्मातालाई प्रतिक्रिया दिन द्रुत थिए र पुनः मिलन पाउँदा खुसी थिए। अक्षयले यसलाई हेराफेरीः ३ निर्देशित गर्ने प्रियदर्शनलाई आफ्नो जीवनको सबैभन्दा राम्रो उपहार भनेका छन ।