घरफिर्ती केन्द्रमा लामो समयदेखी रहेका किरण अन्ततः स्वदेश फर्किए

everest kitchen

क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर स्थित बुकित जलिल घरफिर्ती केन्द्रमा लामो समयदेखी रहेका किरण राईलाई नेपाली राजदूतवासले उद्दार गरि, ५ फेब्रुअरि बुधवारका दिन स्वदेश फर्काएको छ । मलेसियाका ब्यवसायी ईन्द्र बान्तवा राई र नेपाली आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई को आर्थिक सहयोगमा हवाई टिकट उपलब्ध भएपछि उनी स्वदेश फर्किन सफल भएका हुन ।

सन् २०११ मा मलेसिया पुगेका किरण, एकबर्ष नबित्दै कम्पनी छाडेर अबैधानिक रुपमा बसोबास गर्दै आएका थिए । उनलाई सन् २०२४ फेब्रुअरी ९ का दिन अबैधानिक बसोबास गरेको कसुरमा अध्यागमनले पक्राउ गरेको थियो । कसुर गरे वापतको जेल सजाय ४ महिना १५ दिन भुक्तान भएपछि उनलाई बुकित जलिल घरफिर्ती केन्द्रमा सारिएको थियो ।

घरफिर्ती केन्द्रमा सारिएपछि पनि किरणले करिव ८ महिना कैदी जीवन बिताउनु पर्यो । जसकारण घर(परिवारसंग उनको सम्पर्क टुटेको थियो । उनको खोजिनीति गरिदिने कोहि भएन । अर्थात, सहि समयमा आफन्त वा सहयोग नपाउदा उनले अनाहकमा अरु ८ महिना कैदी जिवन बिताउनु परेको थियो ।

नेपाली दुतवासको उद्दारमा स्वदेश फर्किएका किरणले टेलिफोन मार्फत आफन्तसंग सम्पर्क हुनेहरुको हवाई टिकट आउने र उनिहरु फर्किन पाएको बताए । उनले आफुसँग अन्य २ नेपाली पनि रहेको बताए । उनले भने, म संगै अरु एकदूईजना पनि थियौ, जसको कोहि आफन्त थिएन । हामी एकदिन त दूतवास आउँछ भन्दै आसमा बस्यौ । जेल भित्र अनेकथरि कुराहरु हुन्थे तरपनि हामीलाई ढिलोचाँडो दूतवास आउँछ भन्ने विश्वास थियो । नभन्दै ढिलोगरेर भएपनि दूतवास आयो र मेरो उद्धार भयो । उद्दारमा हवाई टिकटका लागि ईन्द्र बान्तवा राई र विपिन राईले सहयोग गर्नु भएको भन्ने सुनेको छु । उहाहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहेको उनले बताए ।

किरणको घरफिर्तीका लागि समन्वय गरेको संस्था पिएनसिसिका संयोजक पूर्ण लिम्बूको अनुसार हवाई टिकटका लागि आफ्नो जन्मदिनको उपलक्ष्यमा ईन्द्र बान्तवा राई ले आरएम ९०० र विपिन राई बाट आरएम ५०० सहयोग उपलब्ध भएको बताए ।

मलेसियामा पछिल्लो समय जन्मदिन जस्तो पवित्र उत्सवमा भड्किलो भोजभतेर आयोजना गरेर फजुल खर्च गर्नु भन्दा पुन्यको कार्य गर्न अभिप्रेरित भएको देखिन थालेको छ । केही महिना अगाडि मात्रै जन्मदिनको अवसर पारेर ईन्दू बस्नेतले पिएनसिसिलाई ह्विल चियर हस्तान्तरण गरेको थियो ।