मस्को, १ फागुन । रूसी राष्ट्रपति भ्लादिमर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिएका छन्।
क्रेमलिनका प्रवक्ताका अनुसार आज ट्रम्प र पुटिनका बिचमा करिब डेढ घण्टा कुराकानी गरेका थिए।
क्रेमलिनका प्रवक्ताले रूसको सरकारी स्वामित्वको तास समाचार एजेन्सीसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण पछि पुटिन र अमेरिकी राष्ट्रपतिबीच भएको यो पहिलो प्रत्यक्ष सम्पर्क हो।
सो क्रममा मध्य पूर्व, द्विपक्षीय सम्बन्ध, युक्रेन र वाशिंगटन र मस्को बीच कैदी आदानप्रदान सबै छलफल भएको तासले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ
“रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निमन्त्रणा दिनुभयो र युक्रेनी समझौताको विषय सहित पारस्परिक हितका क्षेत्रहरूमा रसियामा अमेरिकी अधिकारीहरूलाई भेट्न आफ्नो तत्परता व्यक्त गर्नुभयो,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने।
`पुटिन र ट्रम्प बिच आमने सामने बैठकको व्यवस्थासहित व्यक्तिगत सम्पर्क जारी राख्न पनि सहमतसमेत भएका छन्, उनले भने ।