उडिसा घटनावाट आफ्नै विश्वबिधालय बलियो बनाउनु पर्छ भन्ने सन्देश दिएको छः शिशिर खनाल

everest kitchen

काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले उडिसा घटनाले आफ्नै देशका बिश्वबिधालय बलिया बनाउनु पर्छ भन्ने सन्देश दिएको जनाएको छ ।

 

भारतको उडिसास्थित एक विश्वबिधालयमा नेपाली बिधार्थी प्रकृति लम्सालको मृत्यु प्रकरण तथा त्यसपछि उत्पन्न बिषम परिस्थितिको घटनावाट पाठ सिक्नु पर्ने जनाएका हुन् ।

 

‘भारतको उडिसामा ज्यान गुमाएकी नेपाली बिधार्थी प्रकृति लम्साल र नेपाली बिधार्थीहरू माथी भएको दुर्ब्यबाहारको न्याय नपाएसम्म सरकारले कुटनीतिक पहल गरेर न्याय दिलाओंस् र नेपाली बिधार्थीहरूको सुरक्षा गरियोस्,’ खनालले भने, ‘उडिसा घटनावाट पाठ सिक्दै राजनीतक र दलीय भागबन्डा गर्न छाडेर हाम्रो विश्वबिधालय बलियो बनाउनु पर्दो रहेछ भन्ने सद्बुद्दी मिलोस भन्न चाहान्छु ।’