रोटी नरम भएन वा फुलेन ? उसा भए यो बिधि अपनाउनुहोस्

everest kitchen

काठमाडौं, १३ फागुन । तपाईं एकको सट्टा दुईवटा तातो, नरम र फुसफुसे रोटी खानुहुन्छ। तर रोटी कडा भएमा मुख दुख्न थाल्छ र स्वाद पनि त्यसको मौलिक हुदैँन ।

उसो भए हामी तपाईलाई बताउँछौं कि पीठो राम्रोसँग कसरी मुछ्ने ? यस्तो अवस्थामा हामी यहाँ तपाईलाई एउटा यस्तो उपाय बताउन गइरहेका छौँ, जसले तपाईको रोटीलाई नरम बनाउनुका साथै खानाको स्वाद पनि दोब्बर बनाउने छ ।

खासमा नरम रोटी बनाउन चाहनुहुन्छ भने मन तातो पानीले मुछ्नु होस् । जसका कारण  पिठो नरम हुन्छ र तावाबाट निकाल्दा खेरी रोटी नरम र फुलेको हुन्छ । त्यसैगरी, यदि तपाईंले पिठो मुस्दा त्यसमा हल्का नुन पनि मिसाउनु भयो भने यसले रोटीलाई नरम मात्र बनाउँदैन, स्वाद पनि तिखो बनाउँछ।

पिठो मुछेपछि तुरुन्तै रोटीहरू बनाउन नलाग्नुहोस् । तपाईंले त्यसलाई केही समयको लागि यतिकै  छोड्नुहोस् र प्लेट वा कपडाले छोप्नुहोस्। यसपछि मात्र रोटी बनाउनु होस्। जसका कारण रोटी नरम बनाउँछ र मुख नै रसिलो बन्छ ।

यसबाहेक तावालाई राम्रोसँग तताउनुहोस्, त्यसपछि मात्रै रोटीलाई प्यानमा राख्नुहोस्। यस कारण रोटी राम्रोसँग पाक्छ । साथै, रोटी पकाए पछि यसलाई सधैं कपडाले छोप्नु होस्।

बासी रोटी खाँदा के फाइदा हुन्छ ?

बासी रोटीले पाचन प्रणालीमा सुधार गर्छ, पेट सफा गर्छ र कब्जियतजस्ता समस्याबाट छुटकारा दिन्छ। एकै समयमा, बासी रोटीको जी आई धेरै कम हुन्छ ।

यसका साथै आन्द्राको समस्या भएका व्यक्तिका लागि पनि यो निकै फाइदाजनक हुन्छ । जसले तपाईको मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । खासमा हल्का बासी रोटीले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ।