को हुन् जर्मनीको नयाँ चान्सलर बन्न लागेका फ्रेडरिक मर्ज ?

everest kitchen

काठमाडौँ । जर्मनीमा भएको आम चुनावमा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का नेता फ्रेडरिक मर्जले ठूलो जित हासिल गरेका छन् । उनको पार्टी गठबन्धन सिडियु/सीएसयू ले २८.५ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा ठुलो दल बनेको छ ।

सिडियुले वर्तमान चान्सलर ओलाफ स्कोल्जको सोशल डेमोक्रेटिक पार्टी (एसपीडी ) लाई पछि पार्दै ठुलो दल बनेको छ । एसपीडी भने तेस्रो स्थानमा रहेको छ ।

फ्रेडरिक मर्जको जन्म नोभेम्बर ११, १९५५ मा जर्मनीको ब्रिलन शहरमा भएको थियो। उनको परिवार कानूनको क्षेत्रसँग सम्बन्धित छ । उनले १९७६ मा कानून पढ्न थाले र १९७२ मा सीडीयू पार्टीमा सामेल भए । १९८१ मा उनले चार्लोट मर्जसँग विवाह गरे, जो एक न्यायाधीश हुन् । फ्रेडरिक मर्जका तीन सन्तान छन् ।

फ्रेडरिक मर्जको राजनीतिक यात्रा

१९८९: युरोपेली संसदमा निर्वाचित ।
१९९४: जर्मन संसद, बुन्डेस्ट्यागको चुनाव जिते ।
२०००: सिडियु पार्टीको संसदीय नेता बने, तर २००२ मा एन्जेला मर्केललाई पद हस्तान्तरण गर्नुपर्‍यो ।
२००५: सीडीयू र एसपीडीले गठबन्धन सरकार बनाएपछि उनी राजनीतिमा सीमान्तकृत भए ।
२००९: सक्रिय राजनीति छोडेर कानून र वित्तमा करियर बनाए ।

फ्रेडरिक मर्ज राजनीतिमा फर्किए

२०१८: एन्जेला मर्केलले अवकाशको घोषणा गरेपछि राजनीतिमा फर्किए, तर सिडियु अध्यक्षको चुनाव हारे ।
२०२०: फेरि प्रयास गरें तर पार्टीले आर्मिन लास्चेटलाई रोज्यो ।
२०२१: तेस्रो पटक चुनाव लडे र संसदमा फर्किए, तर पार्टीले चुनाव हार्यो ।
२०२२: फ्रेडरिक मर्ज सिडियुको राष्ट्रिय अध्यक्ष बने ।

फ्रेडरिक मर्जको अडान अवैध आप्रवासीहरूमाथि कडा मानिन्छ । यसबाहेक, उनी जर्मनीको अर्थतन्त्रलाई बलियो बनाउनमा जोड दिइरहेका छन् । अब उनको सबैभन्दा ठूलो चुनौती जर्मनीमा सत्ता सम्हाल्न गठबन्धन सरकार गठन गर्नु हुनेछ ।

चुनावी नतिजापछि अब मर्जले कुन दलसँग मिलेर सरकार बनाउछन् भन्ने स्पष्ट भएको छैन । एएफडीले २०.८ प्रतिशत मत प्राप्त गरेको छ भने वर्तमान चान्सलर ओलाफ स्कोल्जको एसपीडीले १६.४ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै ग्रीन पार्टीले ११.६ प्रतिशत र लेफ्ट पार्टीले ८.८ प्रतिशत मत प्राप्त गरेका छन् ।