काठमाडौ, फागुन १४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बुधबार अमेरिकी डलरको भाउ ८२ पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम गरिएको छ । मंगलबार एक ओमरिकी डललको खरिददर १३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०२ पैसामा तोकिएको थियो ।
बुधबार यूरोपियन युरो एकको खरिदमूल्य १४५ रूपैयाँ ८९ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ५२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ९७ पैसाले बढेको हो । यसअघि मंगबार एक युरो खरिदमूल्य १४४ रूपैयाँ ९२ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५५ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७५ रूपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६३ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १९ र बिक्रीदर ८८ रूपैयाँ ५७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०८ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा तथा बिक्री दर १९ रूपैयाँ २५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ७० पैसा तथा बिक्री दर ९ रुपैयाँ ७५ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २० पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३१ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६२ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ४५३ रूपैयाँ २८ पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ०३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।