स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

everest kitchen

काठमाडौं – स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन्।

उनको उपचारको क्रममा नगर अस्पताल गल्याङमा बुधबार बिहान २:५० मा मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।

बिहान राति करिब सवा १ बजे गल्याङ नगरपालिका-११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा जाँदै गरेको लु३ख ३३२४ नम्बरको पिकअप सडकबाट करिब सय मिटर तल खसेको थियो।

पिकअपमा सवार सहचालक पाल्पा रम्भा गाउँपालिका-३ कै राधेश्याम बस्यालको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताए।

पिकअपमा चार जना सवार रहेकोमा अन्य सकुशल छन्।