अमेरिकी डलरको भाउमा वृद्धि, अन्यको अवस्था कस्तो छ ?

everest kitchen

काठमाडौ, फागुन २३ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ २५ पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६९ पैसा कायम गरिएको छ । बिहिबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ९३ रहेको थियो ।

बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १५० रूपैयाँ ०२ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ६६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैपाँले ७२ पैसाले बढेको हो । यसअघि बिहिबार एक युरो खरिदमूल्य १४८ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७९ रूपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रूपैयाँ ८१ पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ३२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ८३ पैसा र बिक्रीमा ९७ रूपैयाँ २५ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ४० पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा तथा बिक्री दर १९ रूपैयाँ २८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९ रुपैयाँ ६४ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ १६ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०८ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ४५३ रूपैयाँ २७ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७० रूपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।