नोट्टीङघमसँग हार्यो म्यानचेस्टर सिटी

everest kitchen

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फरेस्टले    म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा नोट्टीङघमले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

नोट्टीङघमको जितमा खेलको ८३ औं मिनेटमा कलुम हडसन ओडोइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि नोट्टीङघमको २८ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै यो हारपछि म्यानचेस्टर सिटी २८ खेलमा ४७ अंकसहित चौथो स्थानमा रहेको छ ।