एपीएफमाथि पुलिस २ विकेटले विजयी, ललितले लिए ६ विकेट

everest kitchen

काठमाडौँ । जारी पीएम कपमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २ विकेटले पराजित गरेको हो ।

एपीएफले दिएको केवल ९५ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले २६.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पुलिस क्लबका लागि कुशल भुर्तेलले सर्बाधिक ३१ रन बनाएका थिए भने एपीएफका बलर भुवन कार्कीले ३ तथा अभिषेक गौतम र रोहित पौडेलले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको एपीएफले २७.४ ओभरमा अलआउट हुदै केवल ९४ रन बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले सर्बाधिक २६ रन बनाएका थिए भने लोकेश बमले २२ रन बनाएका थिए ।

त्यस्तै पुलिस क्लबका बलर ललित राजबंशीले ६ विकेट लिएका थिए । ललितले ७.४ ओभरमा ३ मेडनसहित १८ रन दिएर ६ विकेट लिएका थिए ।

यो जितसँगै पुलिस क्लबले लगातार तेस्रो जित हासिल गर्दै ३ खेलमा ६ अंक बनाएको छ भने एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।