एमाले निकट इन्जिनियर एशाेसियनमा थापाकाे नेतृत्व

everest kitchen

काठमाडौं, १४ चैत । प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएसन नेपालको १० औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

नेकपा एमालेको जनसंगठनको रूपमा रहेको एसोसिएसनको अध्यक्षमा इञ्जिनियर डा= भेषराज थापा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन ।

महाधिवेशनबाट खुल्ला उपाध्यक्षमा देउकाजी गुरुङ, महिला उपाध्यक्षमा सौम्य भट्ट, महासचिवमा राजन थापा चयन भएका छन ।

साथै, उपमहासचिवमा ध्रुव भट्टराई सर्वसम्म तथा सचिवहरूमा प्रदीप नेपाल, बलराम पौडेल, हरि बराल र स्वाभिमान आचार्य निर्वाचित भएका छन ।

ललितपुरमा भएको महाधिवेशनको एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । मंगलबार र बुधबार भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।