समाजवादी मोर्चाले आज ७ स्थानवाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा

everest kitchen

काठमाडौं, १५ चैत । राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।

 

जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँवाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँवाट प्रदर्शन गर्नेछन् ।

 

जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्हखुट्टेवाट जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुदैँ आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धारवाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटवाट प्रदर्शन गर्नेछन ।

 

अपरान्ह १२ बजेवाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । तर, सो सभालाइ कस कसले सम्बोधन गर्ने भन्ने अझै सार्बजनिक गरिएको छैन ।