जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

everest kitchen

काठमाडौं, २५ चैत । जबर्जस्ती करणीको अभियोगमा दुई जना प्रकाउ परेका छन् ।

नेपाल प्रहरीका अनुसार संखुवासभा र कैलालीवाट एक एक गरी दुइ जना पक्राउ परेका हुन् ।

जसअनुसार संखुवासभामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदबारी नगरपालिका–८ बस्ने २५ वर्षीय नवराज कट्टेल पक्राउ परेका छन् ।

कट्टेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

उता, कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–२ कृष्णनगर बस्ने  २४ वर्षीय शिवम साहलाई हिजो राती  प्रहरीले पक्राउ गरेको हो ।

साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।