भरूवा बन्दुक सहित एक जना पक्राउ

everest kitchen

धनकुटा, २५ चैत । भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।

छथरजोरपाटी गाउँपालिका–३ करून्जेबाट एकनाले भरूवा बन्दुक १ थान सहित एकजना पक्राउ परेका हुन्  ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–४ तेलिया बस्ने २८ वर्षीय रामकृष्ण लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।