मोरङ, २ बैशाख । विराटनगर महानगरपालिका– १५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन् ।
खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने ४० वर्षीय राज श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।