धनगढीमा जारी क्रिकेटमा सायल गाउँपालिका बिजयी

everest kitchen

धनगढी, ७ बैशाख । फाप्ला किक्रेट मैदानमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जोडेको थियो ।

सायलका अविशेक कोईरालाले ३४ रन जोडे । बलिङमा धनगढीका नवीन विक, कुशल धामी, सन्दिप कार्की र कैलास माझिले समान २ र २ विकेट लगेका थिए ।

एक सय ३५ रनको लक्ष्य पच्छ्याएको टीम धनगढी १६ दशमलव १ ओभरमा अलआउट हुदै ९२ रनमा समेटियो । धनढीका लभ माझिले २३ रन बनाउनु बाहेक अन्य ब्याटरको कम्जोर रह्यो । सायलका किरन चन्दले ३ तथा अविशेक काईरालाले २ विकेट हात पारेका थिए ।

प्रतियोगिता अन्तरगत आईतबार उत्तर त्रिशुल र संस्कार विद्याश्रम तथा आवर ड्रिम सक्कसेस ट्रेनिङ् सेन्टर र सायल गाउँपालिका विच खेल हुने छ ।