कृषि फुड क्वारेन्टाईन माग गर्दै ब्यावसायी धर्नामा

everest kitchen

सञ्जय मिश्रा
रौतहट ७ बैशाख। कृषि र फुड क्वारेन्टाइनको माग राख्दै ब्यापारी तथा व्यावसायीहरु गौर भन्सार कार्यालय अगाडी  धर्ना  सुरु गरेका छन् ।

स्थानीय व्यापारी कौशल साहको नेतृत्वमा आईतवार देखि दर्जन बढी व्यापारीहरु गौर भन्सार कार्यालयको मुख्य गेटमा धर्नामा बसेका हुन्।

गौरमा कृषि तथा फुड क्वारेन्टाइन नहुँदा यहाँका व्यापारीहरु वीरगञ्ज र सर्लाही जानुपर्ने बाध्यता रहेको छ।

पटक पटक सम्बध निकायलाई ध्यानाकर्षण गराउदा कुनै वास्ता  नगरेको भन्दै स्थानीय व्यापारी कौशल साहको अगुवाईमा  गत चैत ३१गते गौर भन्सार कार्यालय प्रमुख मार्फत अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

हिजो ६ गते सम्म समस्या समाधान नगरिए आज वैशाख ७ देखि १५ गते सम्म शान्तिपूर्ण रुपमा धर्ना प्रदर्शन गर्ने र वैशाख १६ गते देखि अनिश्चितकालिन भन्सार कार्यालयमा तालाबन्दी गर्ने  ज्ञापन पत्र मार्फत व्यापारीहरूले चेतावनी दिएका थिए।

पूर्व निर्धारित कार्यक्रम अनुसार  आज दिउसो १२ बजे देखि धर्ना तथा प्रदर्शन कार्यक्रम सुरु गरेको छ ।  खाद्यान्न, फलफुल, आलुप्याज, तरकारी लगायतका सामानहरु कृषी उपज सामग्री भारतबाट ल्याउदा  कृषि र फुड क्वारेन्टाइन नहुँदा वीरगञ्ज सर्लाही भएर ल्याउदा ढुवानी खर्च संगै अनावश्यक समय बढी खर्चिनुपरेको व्यापारीहरले गुनासो गरेका छन्।

२०३३ सालमा गौर भन्सार कार्यालयको स्थापना भई नियमित सञ्चालन रहेको भएपनि आएपनि  सरकारले ध्यान नदिँदा
यहाँका व्यापार ब्यवसाय प्रभावीत हुनुका साथै बार्षीक लक्ष्य अनुसार राजश्व समेत संकलन हुन नसकेको कर्मचारीहरुले गुनासो गरेका छन्।

व्यापारीहरूले सुरु गरेको धर्ना पहिलो दिन आज १ घण्टा र भोली देखि क्रमशः एक एक घण्टा थप हुँदै जाने व्यवसायीहरुले बताएका छन्।