बिशाल बस्नेत
महोत्तरी ८ बैशाख । विश्व प्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर लेनिनको स्मृतिमा शताब्दी वर्ष मनाउन महोत्तरीका कम्युनिस्ट घटक पाँच दल गृहकार्यमा जुटेका छन ।
९ बैशाखमा शताब्दी पुग्ने दिनलाई मध्यनजर गर्दै `लेनिनवादको आलोकमा नेपाली समाजवादी क्रान्ती´ विषयमा भब्य अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको हो ।
बर्दिवासस्थित विनायक व्याङक्विटमा आयोजित उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एस, विप्लव नेतृत्वको नेकपा, बैज्ञानिक समाजवादी पार्टी लगायतका प्रतिनिधिहरु सहभागी वन्ने आयोजक पक्षले जनाएको छ ।
पुर्व राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालको संयोजकत्वमा हुने उक्त अन्तर्कृयामा पार्टीका निर्धारित प्रतिनिधिहरुले वोलेपछी खुल्ला छलफल गरिने लेनिन शतबार्षिकी समारोह समितिले जानकारी दिएको छ ।
समितिका सदस्य तथा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय प्रबक्ता मदन अर्यालका अनुसार रोशन जनकपुरीले कार्यपत्र पेश गर्नेछन ।
दलको प्रतिनिधित्व हुनेगरि प्रदेश र केन्द्रिय तहका नेताहरुले वोल्ने र औपचारिकता भन्दा पनि सिधै अन्तर्कृयामा प्रवेश गर्ने अर्यालले जानकारी दिए ।
लेनिनको एक शताब्दी बर्षलाई मध्यनजर गर्दै बर्ष दिन अगाडिदेखि कम्युनिस्ट पार्टीहरुले विभिन्न कार्यक्रमको घोषणा गरेका थिए । बर्षदिन देखि भैइरहेका कार्यक्रमहरुको यो दिनमा औपचारिक समापन समेत हुने नेताहरुले वताएका छन ।
भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको किनारमा रसियाको सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने शहरमा भएको थियो । इतिहासका अभूतपूर्व क्रान्तिकारी नेता लेनिनको मृत्यु २१ जनवरी १९२४ मा भयो ।