जाट बन्यो १०० करोड क्लबमा प्रवेश गर्ने सन्नी देओलको तेस्रो फिल्म

everest kitchen

मुम्बई, ९ बैशाख । सन्नी देओलको एक्शन ड्रामा जाटले विश्व बक्स अफिसमा १०० करोड क्लबमा प्रवेश गरेको छ ।

साथै, यो सँगै बक्स अफिसमा यस उपलब्धि हासिल गर्ने अभिनेता देओलको तेस्रो फिल्मसमेत बनेको छ।

सुपर डुपर हिट गदरः २ पछि एक सय करोड पार गर्ने सन्नी देओलको यो लगातार दोस्रो चलचित्र हो ।

गोपीचन्द मल्लिनेनी द्वारा निर्देशित जाटले भारतमा लगभग ८८ करोड र विदेशी बक्स अफिसमा १२ं करोड कमाई गरेपछि ११ औं दिनमा १०० करोड कमाउन सफल भएको हो । यो प्रतिष्ठित बक्स अफिस क्लबमा प्रवेश गर्ने २०२५ को चौथो बलिउड र ११ औं भारतीय चलचित्र पनि हो ।

मेगा ब्लकबस्टर गदरः२ पछि जाट सन्नी देओलको लागि लगातार दोस्रो सफल फिल्म बन्न पुगेको छ । गदरः २  अघि अभिनेताको गदरः एक प्रेम कथाले विश्वव्यापी बक्स अफिसमा १३२ं करोड (बिना मुद्रास्फीति) को साथ मात्र १०० करोड कमाएको थियो।

पछिल्लो हिटसँग सन्नीको दोस्रो ठूलो कमाइ हुने मौका छ तर त्यो अपेक्षित परिणाम प्राप्त गर्न आगामी दिनहरूमा यसलाई धेरै राम्रोसँग लय भने समात्न आवश्यक छ।