क्वालालम्पुर । नेपाली राजदुतावास मलेसियाले सिरहाका मोहन सिंहलाई चिन्ने ब्यक्तिले सम्पर्क गर्न आग्रह गरेको छ । वि.सं २०८२ बैशाख ९ गते बुधवारका दिन नेपाली दुतावास मलेसियाले फेसबुक मार्फत जारी गरेको विज्ञप्तीमा सिरहा जिल्ला विधानगर-४ निवासी श्री मोहन सिंहलाइ चिन्नुहुने जोकोहीले पनि नेपाली राजदूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ वा ०१०८८३३४५४ मा सम्पर्क गर्न भनेको छ ।
सिंहको बारेमा दुतावासले के कति कामको लागि खोजतलास गरेको हो ? भन्ने बिषयमा हिमाल टाइम्स टोलीले दुतावाससँग सम्पर्क गर्न खोज्दा दुतावासले अन्य जानकारी दिन चाहेन । तथापि केही बिशेष कारणले दुतावासको टोलीले सिंहलाई चिन्नेले सम्पर्क गर्न आग्रह गरेको बुझिएको छ ।