नेपाली राजदूतावास मलेसियाले फिलिपिन्समा घुम्ती कन्सुलर सेवा संचालन गर्ने

everest kitchen

क्वालालम्पुर । नेपाली राजदूतावास मलेसियाले फिलिपिन्सको मनिलामा २ दिने घुम्ती कन्सुलर सेवा संचालन गर्ने भएको छ । दूतावासले आज (बिहीवार) एक विज्ञप्ती जारी गर्दै घुम्ती कन्सुलर सेवाको बारेमा जानकारी दिएको हो । दूतावास अनुसार घुम्ती कन्सुलर सेवा २०८२ जेठ ३ र ४ गते तदनुसार २०२५ मे १७ र १८ मा हुने भएको छ ।

घुम्ती कन्सुलर सेवा अन्तर्गत फिलिपिन्समा रहेअन्यका नेपालीहरुले राहदानी नविकरण लगायतका अन्य कन्सुलर सेवा प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ ।