काठमाडौं । रुकुम जाजरकोट घटनाका बेपत्ता थप एकजनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका स्थित नदीमा १८ बर्षिया लोकेन्द्र सुनार शव फेला परेको हो ।
भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव रहेको र उनको शव डोरीले हात बाँधेको र टाउकोमा समेत चोट लागेको अवस्थामा फेला परेको प्रहरि सहित स्थानीय वासिले फेला पारेकाेे जनाएकाे छ ।
गएको जेठ १० गते साँझ जाजरकोटको भेरी नगरपालिका-४ का २१ वर्षिय युवा नवराज विककी चाैरजाहारि नगरपालिका साेति निवासी मल्ल थरकी प्रेमिकालाई लिन भनी १९ जना युवा आएपछि उक्त घटना घटेकाे थियो ।
रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बेपत्ता भएका थिए। बेपत्तामध्ये भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, रुकुम चौरजहारी–८ का टिकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ भने जाजरकोट भेरी नगरपालिका वडा नं ११ का गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता रहेका छन् ।
मृतक नवराज बिक मल्ल थरकी प्रेमिकासँग बिहेका लागि ‘भगाउन’ भन्दै १० जेठ साँझ आफ्ना १९ जना साथीसहित प्रेमिकाको गाउँ सोती पुगेपछि गाउँलेले ढुंगामुढासहित लखेटेपछि उक्त घटना भएको थियो।
घटना बारे प्रहरीले केहीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेकाे प्रहरीले बताएको छ ।
उक्त घटना बारे संसद देखि दलित अधिकारकर्मी लगायत सामाजिक सञ्जालमा तिब्र रुपमा दबाब सहित दोषीलाई कारबाहीको माग गरिएको छ ।