बारा । बाराको विश्रामपुर गाउँपालिका-४ बलिरामपुर हुँदै नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजानको लागि थुपारी राखेको छोकडा (सुकाएको खजुरको फल) प्रहरीले बरामद गरेको छ ।
करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको करिब ३५ क्विन्टल छोकडा बुधबार बिहान प्रहरीले बरामद गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी सोही ठाउँस्थित दशगजा क्षेत्र नजिकै पुग्दा केही व्यक्तिहरू भागे पश्चात उक्त परिमाणको छोकडा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद छोकडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।