काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन्।
नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ।
प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ बिहिवार दुई तिहाइ बहुमतले पारित गरेपछि लागु गरिएको छ ।