गजल
गितारानी बलाल
खुशीहरु मेरो आसपासमा भए
चुम्थेँ शिखर खासखासमा भए
हरियाली सुन्दर खडेरीमा हुन्थ्यो
असार जस्तै वर्षा मधुमासमा भए
भौतारिनु पर्दैन पागलप्रेमी बनि
मर्दैन माया तिम्रो विश्वासमा भए
गुलाफले काँडालाई बन्दी बनायो
मर्म बुझ्थ्यो फूल कारावासमा भए
निस्फिक्री जुधाइरहन्थ्यौँ नजर
उनी धर्ती यदि म आकाश भए