नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्
नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका...
कमला ह्यारिसद्वारा उपराष्ट्रपतिको उम्मेदारमा टिम वाल्जको चयन
काठमाडौँ । अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिको उम्मेदवार चयन गरेकी छन् ।
ह्यारिसले मिन्नेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएकी छन् ।
पुर्व स्कुल शिक्षक रहेका वाल्ज अहिले मिन्नेसोटाको गभर्नरको रुपमा...
बंगलादेशकी विपक्षी नेता खालिदा जिया रिहा
काठमाडौँ । बंगलादेशकी विपक्षी दल बीएनपीकी नेतृ एवं पुर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई औपचारिक रुपमा रिहा गरिएको छ ।
बंगलादेशको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खालिदा जियालाई हिरासतबाट रिहा गरिएको जानकारी दिएको ढाका ट्रीबुनले...
बंगलादेशमा रोकिएन लुटपाट, कैयौं प्रहरी चौकीमा आगलागी
काठमाडौँ । बंगलादेशमा जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि अहिले देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र हिंसात्मक घटना रोकिएका छैनन् ।
राजधानी ढाकाका कैयौं...
को हुन् बंगलादेशमा हसिनालाई सत्ताच्यूत गराएका तीन विद्यार्थी नेता ?
काठमाडौँ । बंगलादेशमा निर्वाचित सरकारको पतन र शेख हसिना देश छोडेर भारतको शरणमा गएको विषय अहिले विश्वभर चर्चामा रहेको छ । सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हसिना हेलिकप्टरमा भारत पुगेकी छन् र उनी भारतबाट...
शेख हसिनाको राजनीतिक उदयदेखि पतनसम्म
काठमाडौँ । बंगलादेशमा शेख हसिनाको सरकारविरुद्धको आन्दोलनका बीचमा भड्किएको हिंसा केही समयमै हिंसामा परिणत भएको छ । जसको असर हसिनाले सोमबार नै आफ्नो पदबाट राजीनामा दिएर देश नै छोड्नुपर्ने अवस्था सिर्जना भयो ।
हसिनाले देश...
हसिनाका छोरा भन्छन्- अब आमाको राजनीतिक पुनरागमन सम्भव छैन
काठमाडौँ । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको बताएका छन् ।
बिबिसीसँग कुरा गर्दै साजिबले केहि मानिसहरुको भिडले आफ्नी आमालाई सत्ताबाट बाहिर पुर्याएको बताउदै अब...
बंगलादेश अपडेट: विपक्षी नेतृ खालिदा रिहा हुदै, नोबेल पुरस्कार विजेताको नेतृत्वमा सरकार गठनको तयारी
काठमाडौँ । बंगलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् ।
बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
७८...
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन् ।
जसमा चीन २१ स्वर्ण, १८ रजत...
द्रूतमार्ग विकासको नमुना हुनेछ- प्रधानमन्त्री ओली
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई- मधेस द्रुतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताएका छन् ।
नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा...