बंगलादेशमा चर्कियो प्रदर्शन, पछिल्लो २४ घण्टामा ९७ भन्दा बढीको मृत्यु
काठमाडौँ । बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ ।
प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख...
बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा गरेर छोडिन देश
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् ।
बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएकी हुन् ।
मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा...
हसिनाले देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन्...
ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रेट प्रतिनिधिको सर्मथन
काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित...
भारतको वायनाडमा भूस्खलनमा परी मृत्यु हुनेको संख्या २१६ पुग्यो
काठमाडौँ । भारतको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले वायनाड दुर्घटनामा मृत्यु हुनेको संख्या २१६ पुगेको बताएका छन् । यस घटनामा दुई सयभन्दा बढी मानिस अझै बेपत्ता रहेको उनले जानकारी दिएका छन् ।
वायनाडमा पीडितहरूका लागि ९३...
हमास नेता इस्माइलको हत्या दुई महिना अघि गेस्ट हाउसमा राखिएको बमबाट भएको दाबि
काठमाडौँ । इरानमा हत्या गरिएका हमासका शिर्ष नेता इस्माइल हानियाको हत्या योजना दुई महिना अघि नै भएको मिडिया रिपोर्ट सार्बजनिक भएको छ ।
बुधबार इरानको तेहरानस्थित एक गेस्ट हाउसमा मारिएका इस्माइल बस्ने गेस्ट हाउसमा दुई...
रुस र पश्चिमी देशबीच कैदी आदान प्रदान
काठमाडौँ । अमेरिकासहितका पश्चिमी देश र रुसबीच कैदी आदानप्रदान भएको छ । मिडिया रिपोर्टका अनुसार यो सम्झौतापछि रुसमा थुनामा रहेका तीन अमेरिकी नागरिकसहित विभिन्न ७ देशबाट २६ कैदी रिहा भएका छन् ।
अमेरिकासहित पश्चिमी देश...
भारतको हिमाचलमा वर्षापछि आएको भिषण बाढी पहिरोले ५० जना बेपत्ता
काठमाडौँ । भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भिषण बाढी पहिरोले कम्तिमा ५० जना बेपत्ता भएका छन् ।
भारतीय मिडियाहरुका अनुसार कम्तिमा दुई ठाउँमा बादल फुटेपछि ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी...
भारतको केरलामा भूस्खलन, १२३ जनाको मृत्यु
काठमाडौँ । भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको संख्या पनि...
भेनेजुएलामा मादुरो तेस्रो पटक विजयी, धाँधली गरेको आरोप
काठमाडौँ । भेनेजुएलामा भएको राष्ट्रपतीय निर्वाचनमा निकोलस मादुरो फेरि सत्तामा फर्किएका छन् र उनी लगातार तेस्रो पटक भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर, विपक्षीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नतिजामाथि प्रश्न उठाएका छन्...