अमेरिकी सम्पति जफत गर्न पुटिनको आदेश

काठमाडौँ । रुसमा रहेको अमेरिकी सम्पत्ति जफत गरिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । यस मार्फत अमेरिकामा रुसी सम्पत्ति जफत गर्दा भएको नोक्सानीको क्षतिपूर्ति हुनेछ । २०२२ को फेब्रुअरी...

भारतको छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा आठ संदिग्ध माओवादी मारिएको दाबी

काठमाडौँ । भारतको छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । भारतीय मिडियाका अनुसार बुधवार राति...

अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयमा मस्कको विरोध

काठमाडौँ । टेस्लाका मालिक एलोन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयको विरोध गरेका छन् । हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट निकासी हुने विद्युतीय सवारी साधनमा कर बढाउने घोषणा गरेका थिए । पेरिसमा...

संयुक्त राष्ट्र संघ अदालतको आदेश- रफाहमा इजरायलले आक्रमण तुरुन्त रोकोस्

काठमाडौँ । संयुक्त राष्ट्र संघको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाले ल्याएको इजरायल विरुद्धको मुद्दामा आफ्नो फैसला सुनाएको छ ।अदालतले इजरायललाई दक्षिणी गाजा शहर रफाहमा आफ्नो सैन्य कारबाही रोक्न आदेश दिएको छ । अदालतले आदेशमा भनेको छ-...

बेलायतमा जुलाई ४ मा आम निर्वाचनको घोषणा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचन हुने घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन् । अब अर्को साता...

भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला

काठमाडौँ । भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद अनवरुल अजिम अनार कोलकाताको फ्ल्याटमा मृत फेला परेका छन् । बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले कोलकाता प्रहरीलाई उद्धृत गर्दै यसको पुष्टि गरेका हुन् । कोलकाता प्रहरीले भने सांसद...

एयर टर्ब्युलेन्समा पर्यो सिंगापुर एयरलाइन्सको विमान: एक यात्रुको मृत्यु, ३० जना घाइते

काठमाडौँ । लण्डनबाट सिङ्गापुरका लागि उडेको सिंगापुर एयरलाइन्सको एक विमान आँधीको चपेटामा परेपछि एक यात्रुको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार हावा आँधीलाई एयर टर्ब्युलेन्स भनिन्छ र धेरै...

स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार

काठमाडौँ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ । गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ । घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो । प्रहरीले गोली चलाउने अभियुक्तलाई...

थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु

काठमाडौँ । राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहेकी अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्यु भएको छ । उनी २८ वर्षकी थिइन् र विगत केही महिनादेखि अनशनमा थिइन् । नेतिपर्ण सानेसाङ्खोमलाई 'थालुबाङ्' भनेर पनि चिनिन्छ। मंगलबार नेतिपर्णको...

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री मोदीले मंगलबार वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि वाराणसी पुगेर उनले दशाश्वमेध घाट र...