आज नाग पञ्चमी : नागको तस्वीर टाँसेर मनाइँदै
काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ ।
नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका...
पहिरोले विद्यालयको भवन जोखिममा
बझाङ। बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा परेको छ । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो ।
अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले...
संसदमा स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग
काठमाडौं। सांसद आशाकुमारी विकले स्थानीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरेकी छिन् । बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विकले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा बढेको गुनासो आएको बताउँदै जनस्तरमा नेता र...
लुम्बिनीको मुख्यमन्त्रीको लागि केसीको पक्षमा ४२ सांसदको हस्ताक्षर
बुटवल । नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित लुम्बिनी प्रदेशका बहुमत सांसदले प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएका छन् ।
लुम्बिनी प्रदेशमाका ४ दलीय गठबन्धनका ४२ सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका...
सञ्चार सचिव अर्यालद्वारा पदबहाली: साइवर सुरक्षामा ध्यान दिन आवश्यक
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव डा बैकुण्ठ अर्यालले पदभारग्रहण गरेका छन् । हालैको मन्त्रिपरिषदको निर्णयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आएका सचिव अर्यालले पदभार सम्हाल्दै सरकारी सञ्चार माध्यमहरुलाई अझ व्यवस्थित...
तरकारी किन्न नसक्ने गरी मूल्य बढ्यो
कैलाली । कैलालीमा किसानको स्थानीय उत्पादन बिक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारी किन्न नसक्ने गरी मूल्य बढेको हो ।
कोरोनाका...
महाकाली तुइन घटना : छानबिन समितिद्वारा मन्त्रीसँग छलफल
काठमाडौँ। महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले आज सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग धनगढीमा छलफल गरेको छ ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित उक्त टोलीले...
रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले राजीनामा दिए
काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका...
लुम्बनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज राजीनामा दिएका छन । मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय...
ट्र्याक्टर पल्टिँदा एकको मृत्यु
लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ ।
नम्बर मेटिसकेका ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण...