ओलीद्वारा घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बन
काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् ।
स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटी...
प्रचण्डको पुनरावलोकन मुद्दाको सुनाइ आज हुने
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी छुट्याएर एकीकरणअघिको अवस्थामा पुर्याइदिने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उक्त मुद्दा आफ्नै इजलासमा राखेर सुनुवाइ गर्न...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि छलफल हुने बताए ।
श्रेष्ठले भने, ‘समर्थन फिर्ता विषयले नैतिक दबाब बढाएको...
समानान्तर गतिविधि कायम राखे कारबाही हुने ज्ञवालीको चेतावनी
काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे...
प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने
विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रदेशसभाको बैठक चैत २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर...
चैत २३ सम्म विश्वासको मत नलिए सरकारको हैसियतमा प्रश्न उठ्छ : देव गुरुङ
काठमाडौं । सरकारलाई दिएको सर्मथन अहिलेसम्म पनि फिर्ता नलिएको नेकपा माओवादी केन्द्रले सरकारको ‘संवैधानिक हैसियत’ बारे प्रश्न उठाएको छ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रमुख सचेतक देव गुरुङले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि दल विभाजित भएको...
ओली नेतृत्वको सरकारको आयो छोट्याउने कसरतमा प्रचण्ड
काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरूबीच छलफल सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले...
रेशम चौधरी छुटाउन पहिलो चरणको वार्ता
काठमाडौं । सरकारका गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र विभिन्न माग राखि आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहटर थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको बीच आज पहिलो चरणको वार्ता...
गृहमन्त्री बादलको संयोजकत्वमा रेशम चौधरीको रिहाईको लागि बार्ता टोली गठन
काठमाडौं। सरकारले थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरेको छ । थारु आन्दोलनका मागहरु संवोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चार...
ओलीद्वारा नेपाल र रावलमाथि कारबाही : पार्टी सदस्यबाट ६ महिना निलम्बन
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।
उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही...