उपसभामुख प्रकरणमा वेट एण्ड वाचको सिचुयसनमा छौं- रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ ।
बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी...
ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले...
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
काठमाडौँ । सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रलाई आधार बनाएर सत्तारुध दलहरुले हटाउने तयारी गरेका हुन्...
माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छ- प्रचण्ड
महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् ।
महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उहाँले पार्टीले लिएको...
लुम्बिनीका बनमन्त्री कुर्मीले दिए राजीनामा
बुटवल । लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीले राजीनामा दिएका छन् ।
कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए ।
कुर्मीले मंगलबार राजीनामा दिएका हुन् । कुर्मीमाथि...
निषेधाज्ञा र प्रहरीको हस्तक्षेपका बाबजुद केदार कार्कीको अनसन जारी
विराटनगर । पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार अनसन शुरु गरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार र कांग्रेसको एक समुह आमने सामने भएका छन् ।
कार्कीले आफ्नो सरकारले गरेका निर्णयहरु कार्यान्वयन नगरेको भन्दै अनसन बस्न शुरु...
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय सम्स्स्द सचिवालयका अनुसार आज अपराहन्न १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै छ ।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउने, बार्षिक प्रतिवेदन पेश...
देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका...
उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ- गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने...
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक भएका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।
बैठकले कांग्रेस नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदुतमा सिफारिस गर्ने निर्णय...