मन्त्रिपरिषद्को बैठक शुरु

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले मुख्यसचिव नियुक्तिको प्रक्रिया अघि बढाउने लगायत महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

अमेरिकासहित १० देशले गरे टीआरसी ऐनको स्वागत

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अमेरिकासहित १० देशले स्वागत गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेसँगै संयुक्त विज्ञप्ति जारी...

एकीकृत समाजवादीमा नेताको व्यवस्थापन, तीन जनालाई वरिष्ठ नेतामा मनोनित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनित गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनित गरेको हो । गत असारमा सम्पन्न एकीकृत...

चाडपर्वमा कृतिम अभाव, कालोबजारी र मुल्यवृद्धि सह्य हुँदैन- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चाडपर्वलक्षित कृतिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणख गर्न निर्देशन दिएका छन् । चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन, र प्रभावकारी बजार अनुगमन सम्बन्धि विषयमा सरोकारवालासँगको छलफलमा उनले...

एमालेले बोलायो पोलिटब्युरो बैठक

काठमाडौं । नेकपा एमालेले पोलिटव्यूरो बैठक बोलाएको छ । विहिबार बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते बस्नेगरी पोलिटव्यूरो बैठक बोलाएको हो । पोलिटब्यूरो बैठकमा वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल...

प्रहरी अधिकारीहरुले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरुले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा प्रारम्भीक सुनुवाइ भएको सो रिटमा...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस...

एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय, ब्याजसहित चार किस्तामा रकम बुझाउने सुबिधा

काठमाडौं । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको हो । सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो ।...

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । योसँगै अर्याल २७औं मुख्यसचिव बनेका छन् । २०७७ भदौमा सचिवमा बढुवा भएका...

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बैठकले...