गृहमन्त्री लेखक र स्विस राजदूत मेउलीबिच शिष्टाचार भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउलीले शिष्टाचार भेटघाट गरेकी छन् । सोमबार गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले नेपाल र स्वीट्जरल्याण्डबिच सन् १९५६ देखि बलियो द्विपक्षीय सम्बन्ध रहेको बताएका छन्...

संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक शुरु

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक शुरु भएको छ । बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा शुरु भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यस अघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि रहेका...

संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक आज बस्दै

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहान ८ बजे बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यस अघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धि...

बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय जरुरी छ- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । आइतबार बिहान संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका...

बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

काठमाडौ । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ । साउन १५ गते दिउँसो ३...

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १: ०० बजे बस्ने भएको छ । पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा...

२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ, भ्रष्टहरूलाई फेरि बढार्छौँ- प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा...

गिरीबन्धु बारे कांग्रेसमाथि लागेको आरोपमाथि छानबिन हुनुपर्छ- महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेट बारे कांग्रेसमाथि लागेको आरोप छानबिन हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीले विगतमा गिरीबन्धुको...

संसदको कृषि समितिको सभापतिको निर्वाचन मंगलबार हुने

काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक  स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार हुने भएको छ । सभामुख देवराज घिमिरेले समितिको सभापतिको मनोनयन सोमबार हुने र निर्वाचन मंगलबार हुने गरी तोकेका हुन् । यस अघि समितिको...

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५...